आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल–हमास सङ्घर्ष बीच हिजबुल्लाहले के भने ?

आइतबार, २१ असोज २०८०, १४ : २९
आइतबार, २१ असोज २०८०

लेबनानमा भएको सङ्गठन हिजबुल्लाहले इजरायलको माउन्ड डोभमा भएको हमलाको जिम्मेवारी लिएको छ ।  माउन्ट डोभ इजरायल, लेबनान र सिरियाबिच विवादित क्षेत्र हो ।

इरान समर्थित चरमपन्थी सङ्गठन हिजबुल्लाहले यो हमला ‘प्यालेस्टिनीको प्रतिरोधको समर्थन’ मा गरेको बताएको छ । हिजबुल्लाहको यो हमलामा इजरायलको सेनाले जवाफ दिएको छ । 

इजरायलले जबालरस इलाकामा हिजबुल्लाहको शिविरमा ड्रोन हमला गरेको छ । यसअघि इजरायलले लेबनानी इलाकामा मोर्टारमार्फत् हमला गरेको छ । 

सन् २००६ मा यो इलाकामा हिजबुल्लाह र इजरायलबिच सङ्घर्ष चलेको थियो । 

तर त्यसपछि यहाँ शान्ति थियो । तर हिजबुल्लाहको हमला र त्यसपछि इजरायलको जवाफी कारवाहीले यहाँ तनाव पुनः बढेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप