सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आधुनिक वृद्धाश्रम र व्यवस्थित सुधार गृह बनाउन आवश्यक : मन्त्री आचार्य

आइतबार, २१ असोज २०८०, १५ : १६
आइतबार, २१ असोज २०८०

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले व्यवस्थित सुधार गृह बनाउनुपर्ने बताएका छन् ।  

आइतबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै मन्त्री आचार्यले यस्तो बताएका हुन् । उनले बाल सुधार गृहमा दिनप्रतिदिन संख्या बढ्दै जाने अवस्था रहेको भन्दै व्यवस्थित सुधार गृह बनाउन जरुरी रहेको बताए । उनले अनुगमनका क्रममा आफूले सुधार गृहमा कोचिएर बालबालिकाहरु राखेको देखेको भन्दै उनीहरुलाई बस्न समेत गाह्रो रहेको बताए । उनले सुधार गृह अत्यन्त कम क्षमताका भएकाले सुधार गृह बढाउन आवश्यक रहेको बताए । 

मन्त्री आचार्यले बाँकेको नौबस्तामा दुई सय क्षमताको सुधार गृहको रुपमा कारागारकै भवनलाई व्यवस्था गरिएको पनि बताए । उनले मन्त्रालयको बजेट १ अर्ब २४ करोड बजेट रहेको भन्दै बजेट अभावले सोचेअनुरुपको काम गर्न नसकिने बताए ।

मन्त्री आचार्यले देशमा आधुनिक र व्यवस्थित खालको वृद्धाश्रम आवश्यक रहेको बताए । उनले सातै प्रदेशमा एउटा वृद्धाश्रम अपरिहार्य भइसकेको बताए । उनले गोठाटारको वृद्धको लागि हस्पिटल र वृद्धाश्रम बनाउने भनिएपनि अहिलेसम्म त्यहाँको जग्गामा नै विवाद रहेको बताए । उनले गोठाटारमा अब सके सोही जग्गा मिलाउने र नभए त्यसको विकल्पको रुपमा नजिकै जग्गा किनेर भएपनि वृद्धाश्रम बनाउने बताए ।

मन्त्री आचार्यले परिवारबाट हेला भएका वृद्धवृद्धालाई राज्य अभिभावक भएर हेर्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप