आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतसामु निरीह बनेको अस्ट्रेलिया एक सय ९९ रनमा समेटियो

आइतबार, २१ असोज २०८०, १८ : १९
आइतबार, २१ असोज २०८०

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा अस्ट्रेलियाले भारतलाई दुई सय रनको लक्ष्य दिएको छ । चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिएको उक्त खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । 

उक्त दिवा—रात्री खेलमा अस्ट्रेलियन ब्याट्सम्यानहरु प्रारम्भदेखि नै भारतीय बलरको दबाबमा परेका थिए । कुनै पनि अस्ट्रेलियन ब्याट्सम्यानले भारतीय बलरहरुलाई खुलेर खेल्न सकेनन् । सिङ्गो अस्ट्रेलियन टोली ४९.३ ओभरमा एक सय ९९ रन बनाउँदै अलआउट हुन पुग्यो ।

अस्ट्रेलियन टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धसतकसमेत बनाउन सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथले सर्वाधिक ४६ रन बनाए । उनले ७१ बलको सामना गरी पाँच चौका हिर्काएका थिए । 

अस्ट्रेलियाका तल्लोक्रमका ब्याट्सम्यान प्याट कुमिन्स र मिचेल स्टार्कवाहेक अन्य ब्याट्सम्यानले छक्कासम्म प्रहार गर्न सकेनन् । मिचेल स्टार्कले उत्कृष्ट पाली खेलेपछि मात्र अस्ट्रेलियाले दुई सय रनको लक्ष्य दिन सकेको थियो । 

स्टार्कले टोलीको खातामा २८ रन थपेका थिए । उनले ३५ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान डेभिड वार्नर ४१ रन बनाउँदै पेभेलियन फर्किए । उनले ५२ बलमा ६ वटा चौका हिर्काए । मार्नस लाम्बुसेनले २७ रन जोडे । उनले ४१ बलमा एक चौका हिर्काए ।

कप्तान प्याट कुमिन्स १५ रन बनाउँदै आउट भए । उनले २४ बलमा एक छक्का र एक चौका हिर्काएका थिए । ग्लेन म्याक्सवेल पनि १५ रन बनाउँदै पेभेलियन फर्किए । उनले २५ बलमा एक चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बटुल्न सकेनन् । 

भारतीय बलर रविन्द्र जडेजाले तीन विकेट लिए । कुलदिप यादबले दुई विकेट हात पारे । जसप्रित बुमराहले पनि दुई विकेट लिए । रविचन्द्रन आश्विन, हार्दिक पाण्डेया र मोहम्मद सिराजले एक—एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप