आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अदालत

काठमाडौँ जिल्ला अदालतबाट सुरु भयो पारिवारिक इजलास

सोमबार, २२ असोज २०८०, ११ : १७
सोमबार, २२ असोज २०८०

काठमाडौँ । नेपालमा पहिलो पटक पारिवारिक इजलास सुरु भएको छ । सोमबार काठमाडौँ जिल्ला अदालतबाट पारिवारिक इजलास सेवा सुरु गरिएको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक इजलास सेवा उदघाटन गरेका हुन् । उनले प्रधानन्यायाधीशका रुपमा सिफारिस भएलगत्तै संसदीय सुनुवाइ समितिमा आफ्ना भावी कार्ययोजना प्रस्ताव गर्दै पारिवारिक इजलास स्थापनाको लक्ष्य सुनाएका थिए ।

महिला, घरेलु हिंसा र बालबालिका भएको मुद्दा हेर्न पारिवारिक अदालत (फेमिली कोर्ट) स्थापना गर्ने कार्ययोजना उनले प्रस्तुत गरेका थिए ।

सोही अनुसार महिलावादी भएका अंश मुद्दा, नाता कायम, घरेलु हिंसा, बालबालिकाको सरोकार रहेका देवानी मुद्दा हेर्ने गरी छुट्टै इजलास गठन भएको हो ।

महिलाले अंश पाउन धेरै समय कुर्नुपर्ने, लामो समय लाग्ने भएकाले डेडिकेटेड इजलास गठन गरिएको हो । यस्तो इजलासको व्यवस्था ललितपुर जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतमा पनि लागू गर्ने तयारी छ ।  

ktmc-ourt

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप