आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरङमा बलात्कार आरोपमा युवक पक्राउ

सोमबार, २२ असोज २०८०, १३ : २३
सोमबार, २२ असोज २०८०

मोरङ । मोरङको कटहरी गाउँपालिका–७ बाट बलात्कार आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय करण सरदा छन् । करणले २१ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

आइतबार साँझ प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा युवकले आफूलाई बलात्कार गरेको पीडित किशोरीको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप