सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गाजामा सवा लाख मानिस घरबारविहीन : संयुक्त राष्ट्रसंघ

सोमबार, २२ असोज २०८०, १५ : २६
सोमबार, २२ असोज २०८०

गाजा । संयुक्त राष्ट्रसंघका अनुसार इजरायलले सुरु गरेको जवाफी कारबाहीपछि गाजापट्टीका करिब सवा लाख सर्वसाधारणले आफ्नो घर छाडेका छन् । राष्ट्रसंघका अनुसार डर र घरहरू भत्केपछि आफ्नो सुरक्षाको चिन्ताका कारण गाजामा एक लाख २३ हजारभन्दा बढी घरबारविहीन बनेका हुन् ।

अफिस फर कोओर्डिनेसन अफ ह्युमानिटेरियन अफेयर्स (ओसीएचए) का अनुसार हाल ७३ हजार जनाले स्कुलमा शरण लिएका छन् । प्यालेस्टिनी शरणार्थीहरूका लागि काम गर्ने संयुक्त राष्ट्रसंघको एजेन्सी (यूएनआरडब्लूए) ले यो सङ्ख्या बढ्न चिन्ता व्यक्त गरेको छ ।

गाजामा २३ लाख प्लेस्टिनी बसोबास गर्छन् । शनिबार जवाफी कारबाही सुरु गर्न अघि इजरायलले केही क्षेत्रका मानिसहरूलाई आफ्नो घर छाड्न चेतावनी दिएको थियो ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले, ‘म गाजामा बस्ने मानिसहरूलाई भन्छु, ‘अहिलेका लागि त्यहाँबाट जानु होला, किनभने हाम्रो तर्फबाट सेनाले कारबाही गर्न लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप