आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गिलले अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने

सोमबार, २२ असोज २०८०, १६ : २५
सोमबार, २२ असोज २०८०

नयाँ दिल्ली । भारतका ओपनर शुभमन गिल अफगानिस्तानविरुद्धको दोस्रो खेलमा पनि टोलीको हिस्सा नबन्ने भएका छन् । बीसीसीआईको तर्फबाट जारी मेडकल अपडेटमा नौ अक्टोबरमा गिल भारतीय टोलीको साथ दिल्ली जाने छैनन् ।

गिलले विश्वकपमा अस्ट्रेलियाविरुद्धको पहिलो खेल पनि गुमाएका थिए । भारतले ११ अक्टुबरमा प्रतियोगिताको दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दैछ । यस दौरान गिल चेन्नईमा नै मेडिकल टोलीको निगरानीमा रहनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप