आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनीका अर्थमन्त्री सवार गाडी दुर्घटना

सोमबार, २२ असोज २०८०, १७ : ०१
सोमबार, २२ असोज २०८०

बुटवल । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी दुर्घटनामा परेको छ । तुलसीपुर उपमहानगरपालिकाको शितलपुरमा गाडी दुर्घटनामा परेको स्वकिय सचिव शम्भु गौतमले जानकारी दिए ।

कार्यक्रम सकेर अर्थमन्त्री मास्की मन्त्रालय फर्किँदै थिए । एक्कासी बच्चा सडकमा आएपछि बचाउने क्रममा गाडी सडकबाट झाडीमा पुगेर दुर्घटनामा परेको बताएको  छ। 

सामान्य चोटपटक लागेको गौमतले बताए । गाडीमा ५ जना सवार थिए । लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप