आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिटरको ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ पुस्तक सार्वजनिक

सोमबार, २२ असोज २०८०, १८ : ०९
सोमबार, २२ असोज २०८०

काठमाडौँ । लेखक नरेन्द्रजङ्ग पिटरको संस्मरण–पुस्तक ‘बकपत्रः जीवन दर्शन र संघर्ष’ सोमबार राजधानीको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । कार्यक्रममा आख्यानकार नयनराज पाण्डेले लेखक पिटर राजनीतिका एक निष्ठावान पात्र भएको बताए । 

‘यो किताब निष्ठावान व्यक्तिको बकपत्र हो । समाजमा इमानदार मान्छे अत्यन्तै कम पाइन्छ । अहिले कस्ता मान्छे सत्तामा पुगेका छन् भन्ने विषय लेखक पिटरको जीवनशैलीले पनि देखाएको छ,’ पुस्तकमाथि बोल्दै पाण्डेले भने, ‘यदि पिटरले चाहेको भए अहिले हामी उनलाई सत्ताका माथिल्लो तहमा देख्न सक्थ्यौँ र आर्थिक रुपमा पनि उनी समृद्ध हुन्थे ।’ 

‘युद्धमा लागेर पनि पिटरले युद्धका नकारात्मक पक्षलाई संक्षेपमा उतारेका छन्,’ समीक्षक विन्दु शर्माले भनिन्, ‘अत्यन्तै सरल भाषामा आफूले देखे–भोगेका जिन्दगीका पुराना/नयाँ तस्बिर पुस्तकमा लेखेका छन् पिटरले ।’ 

पूर्वप्रशासक शारदाप्रसाद त्रितालले लेखक पिटरको पुस्तक एक बुद्धिजीवीको इमानदार आत्मकथात्मक बकपत्र भएको बताए । ‘पूरै पुस्तक पढिरहँदा यो एक कम्युनिष्टले लेखेको गैरआख्यानजस्तो लाग्दैन’, त्रितालले भने, ‘कम्युनिष्टभित्रका विकृतिको व्यापक आलोचना उनका लेखनीमा छन् ।’  

पुस्तकका लेखक पिटरले भने, ‘जीवन स्वयम् एउटा महाआख्यान हो  र प्रत्येकको जीवन विश्वविद्यालय हो । यो पुस्तक मेरो जीवनको एक बकपत्र हो । मलाई ठक्करको दर्शन सिकाएकोमा धन्यवाद जिन्दगी । दगुर्न नसके पनि हिँड्न त सिकाइस् तैंले ।’ 

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तकको मोल ६४९ रुपैयाँ रहेको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप