आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संसदीय समितिमा चटारो, प्रदेशसभा बैठक प्रभावित

सोमबार, २२ असोज २०८०, १८ : ४६
सोमबार, २२ असोज २०८०

मकवानपुर । संसदीय समितिको बैठकका कारण बागमती प्रदेशसभा बैठक प्रभावित बनेको छ । संसदीय समितिमा रहेका विधेयक माथिको छलफल र प्रतिवेदन तयारीको चटारोका कारण प्रदेशसभा बैठक प्रभावित बनेको हो ।

सोमबार अपराह्न ४ बजे साँझ ५ः५० बजे मात्र सुरु भएको छ । संसदीय समितिमा रहेका विद्येयकहरुको छलफल टुंग्याएर प्रतिवेदन पेश गर्ने कार्य सूचि अनुसार प्रदेशसभा बैठक आह्वान गरिएको थियो । तर, संसदीय समितिको बैठकले विधेयकको दफावार छलफल र संशोधनलाई पारित गर्न केही समय बढी लागेपछि प्रदेशसभा बैठक प्रभावित बनेको हो ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदनमाथि छलफल सिमत पारित गर्ने कार्यसूची रहेको छ भने प्रदेश स्वास्थ्य सेवा ऐनको संशोधन गर्न बनेको विधेयक, प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश कृषि विकास विधेयकको प्रतिवेदन पेश हुने कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप