आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायल–हमास युद्धबारे के भन्छन् चीन र रुस ?

मङ्गलबार, २३ असोज २०८०, ११ : ३१
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’ बिचको युद्धका सम्बन्धमा अन्तर्राष्ट्रिय जगतले प्रतिक्रिया जनाइरहेको छ ।

यसै क्रममा चीनले इजरायल र प्यालेस्टाइनबिच भइरहेको संघर्षबाट आफू चिन्तित रहेको जनाएको छ ।

दुवै तर्फबाट भएको आक्रमणमा ठुलो संख्यामा आमनागरिक मारिएको भन्दै चीनले दुःख व्यक्त गरेको छ । चीनले आमनागरिकमाथि भइरहेको हिंसाको विरोध गरेको छ ।

जारी युद्ध चाँडै अन्त्य हुने र शान्ति बहाल हुनेमा आफू आशावादी रहेको पनि चीनले जनाएको छ ।

यस्तै, रुसले पनि गाजा क्षेत्र र इजरायलमा भएको हिंसाको निन्दा गरेको छ । रुसले इजरायल–हमासबिचको युद्धलाई लिएर दिएको प्रतिक्रिया ‘विनाशकारी’ भएको पनि जनाएको छ ।

रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले भनेका छन्, ‘इजरायलमाथि भएको हमलाको मात्र निन्दा गर्नु पश्चिमी मुलुकको अदुरदर्शिता हो, उनीहरुलाई प्यालेस्टाइनको समस्या समाधान नगरी इजरायलको जित हुन्छ भन्ने लागेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप