आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसदीय समितिमा परराष्ट्रमन्त्री

इजरायलको भ्रमण नगर्न सरकारको आग्रह

मङ्गलबार, २३ असोज २०८०, ११ : ४०
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । सरकारले नेपालीहरूलाई तत्काल इजरायलको भ्रमण नगर्न आग्रह गरेको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकाे बैठकमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले  अहिले त्यहाँ युद्धको अवस्था रहेकाले भ्रमण भए रोक्न र भ्रमण नगर्न आग्रह गरेका हुन् । 

उनले इजरायलबाट नेपाल फर्कन चाहनेहरूको अनलाइन मार्फत विवरण संकलन गरिरहेको बताउँदै नेपालीहरूको उद्धारका लागि आवश्यकता अनुसार  इजरायल सरकार र छिमेकी देशहरूको सहयोग लिने जानकारी गराए । 

समितिमा मन्त्रालयका सचिव भरतराज पाैड्यालले सामान्य अवस्थामा निधन भएका र युद्धमा मारिएकाहरूको शव ल्याउनका लागि फरक व्यवस्था रहेको बताए । युद्धका कारण निधन भएकाहरूको शव सेनाको जिम्मामा हुने भएकाले सोहीअनुसार प्रक्रिया जारी रहेको उनको भनाइ छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप