मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

इजरायलस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउन प्रभु साहको माग

मङ्गलबार, २३ असोज २०८०, १२ : १६
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । सांसद प्रभु साहले इजरायलमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा अन्तरगत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा परराष्ट्रमन्त्री नारायण प्रसाद साउदलाई उनले अप्ठेरो अवस्थामा काम गर्न नसक्ने राजदूतलाई फिर्ता बोलाउन आग्रह गरे । 

सांसद साहले इजरायलमा रहेको नेपाली दूतावासले प्रभाकारी ढङ्गले काम गर्न नसकेको बताए । उनले दूतावासले घटना हुनुभन्दा अगाडिको अवस्थामा पनि नेपालीहरू कुन स्थानमा, कस्तो अवस्थामा छन् त्यस्ता कुराहरूमा दूतावास चनाखो हुनुपर्नेमा जोड दिँदै दक्ष व्यक्तिलाई मात्र राजदूत नियुक्त गर्न माग गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप