आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बुढानीलकण्ठबाट खैरो हेरोइनसहित युवक पक्राउ

मङ्गलबार, २३ असोज २०८०, १२ : ५३
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ स्थित बुढानीलकण्ठ मन्दिर नजिकैबाट प्रहरीले खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय सन्दीप भन्ने समीर राई छन् ।

आरोपीको साथबाट ८ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो पदार्थ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । समीर बुढानीलकण्ठ नगरपालिका–५ स्थित विष्णुमतीमा बस्छन् । घटनाबारे प्रहरी प्रभाग बुढानीलकण्ठले अनुसन्धान गरिरहेको छ । समीरको बयानको आधारमा लागूऔषध ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले सोधपुछका लागी नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप