सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

निर्माता सङ्घले गर्यो दुई हललाई पुरस्कृत

मङ्गलबार, २३ असोज २०८०, १३ : ०२
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । काठमाडौँको बिग मुभिज र नारायणगढको जलमा हल पुरस्कृत भएका छन् । चलचित्र निर्माता सङ्घले सोमबार आफ्नो १७ औँ वार्षिक साधारण सभामा यी हललाई नेपाली फिल्म चलाएर धेरै आम्दानी गरेको भन्दै सम्मान गरेका हो । 

बिग मुभिजले ‘कबड्डी ४’ देखाएर एक करोड २५ लाख रुपैयाँ ग्रस कमाएको थियो भने उपत्यका बाहिर नारायणगढको जलमा हलले ६७ लाख रुपैयाँ ग्रस कमाएको थियो ।

यी दुई हललाई सञ्चार सचिव कृष्णबहादुर राउतले सम्मान प्रदान गरे । हलका तर्फबाट बिग मुभिजका दीपेश शर्मा र जलमा हलका वीरेन्द्रनारायण श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । कार्यक्रममा सञ्चार सचिव राउतले प्रस्तावित फिल्म विधेयकलाई सहभागितामूलक बनाउन सरकार लागिपरेको बताए । उनले फिल्मकर्मीको सल्लाह सुझावअनुसार विधेयक अघि बढ्ने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले छलफल र सल्लाहकै लागि मस्यौदा सार्वजनिक गरिएको बताए । फिल्मकर्मीको सुझाव अनुसार अघि बढ्ने उनको धारणा रहेको थियो ।

निर्माता सङ्घका अध्यक्ष नबल खड्काले चलचित्र मस्यौदाको विषयमा आफूहरूको माग पूरा नभएसम्म बोर्डले गर्ने सबै कार्यक्रम बहिष्कार गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप