आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
आईसीसी एकदिवसीय विश्वकप

प्लेट्लेट्समा सुधार नआएपछि गिल अस्पताल भर्ना, पाकिस्तानविरुद्ध खेल्ने सम्भावना कम

मङ्गलबार, २३ असोज २०८०, १५ : २०
मङ्गलबार, २३ असोज २०८०

चेन्नई । भारतीय क्रिकेट टोलीका ओपनर शुभमन गिललाई चेन्नईको अस्पतालमा भर्ती गरिएको छ । गिललाई डेंगुको सङ्क्रमण भएको छ ।

क्रिकेट वेबसाइट क्रिकबजका अनुसार गिललाई सोमबार कावेरी अस्पतालमा भर्ना गरिएको थियो । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का डाक्टर रिजवान खानको नेतृत्वमा डाक्टरको एक टोलीले उनीमाथि नजर राख्नेछ ।

रिपोर्टका अनुसार गिलको प्लेटलेट्समा सुधार आउन सकेको छैन । यही कारण उनी टोलीसँग दिल्ली पनि गएनन् । यसअघि प्लेटलेट्स कम हुँदा हवाई यात्रा नगर्न मेडिकल टिमले सुझाव दिएको थियो ।

सोमबार मात्र बीसीसीआईले एक विज्ञप्ति जारी गर्दै गिलले अफगानिस्तानविरुद्धको खेल पनि गुमाउने बताएको थियो । यता अक्टोबर १४ मा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानको सामना गर्दैछ । गिलले उक्त खेल पनि गुमाउने सम्भावना बढेको छ ।

समाचारमा स्रोतलाई उद्धृत गर्दै भनिएको छ, ‘यदि केही दिनमा उनको स्वास्थ्यमा सुधार भएको खण्डमा उनलाई अस्पतालबाट डिस्चार्ज गरिनेछ । त्यसपछि उनी होटल जान पाउनेछन् । त्यसपछि पनि स्वास्थ्यमा थप सुधार भएपछि मात्र उनी अहमदाबाद जानेछन् ।’

डेंगु सङ्क्रमणका कारण गिलले अस्ट्रेलियाविरुद्धको पहिलो खेल गुमाएका थिए । उनको स्थानमा ईशान किशनले ओपनिङको जिम्मेवारी पाएका थिए । उनी खाता नै नखोली पभेलियन फर्किएका थिए ।

पहिलो खेलका लागि चेन्नई पुगेपछि गिललाई ज्वरो आएको थियो । त्यसको परीक्षण गर्दा उनलाई डेंगु पुष्टि भएको थियो ।

यो वर्ष गिल शानदार फर्ममा देखिएका छन् । सन् २०२३ मा एकदिवसीय खेलमा उनी भारतका सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले यो वर्ष २० खेलमा ७२.३५ को औसत र १०५.०३ को स्ट्राइक रेटले १ हजार २३० रन बनाएका छन् । उनको ६ शतकमध्ये ५ यसै वर्ष आएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप