आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

'लाओस–नेपाल उस्तै टिम हुन्, जित्नेगरी खेल्छौँ'

मङ्गलबार, २३ असोज २०८०, १९ : ०५
मङ्गलबार, २३ असोज २०८०

काठमाडौँ । फुटबल वर्ल्ड कप–२०२६ क्वालिफायर्स एशिया जोन राउण्ड–१ अन्तर्गत लाओससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी तिव्र पारेको छ ।  

असोज २५ गते दशरथ रंगशालामा हुने लाओससँगको खेलका लागि तयारी तिव्र्र पारेको हो । फिफा वरियतामा लाओस १८६ औँ र नेपाल १७५ औँ स्थानमा छन् । 

मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले हाल २५ सदस्यीय नेपाली टोलीलाई बन्द प्रशिक्षणमा राखेर तयारी गरिरहेका छन् । प्रशिक्षकले मंगलबार अभ्यासका क्रममा तयारी राम्रो रहेको बताए । उनले लाओससँग खेल्नका लागि आफूहरु सबै किसिमले तयार रहेको बताए ।

त्यस्तै खेलाडी रोहित चन्दले नेपाल र लाओस एकै स्तरको टिम भएकाले राम्रोसँग खेल्नुपर्ने बताए । उनले तयारी राम्रो भएको र नयाँ खेलाडीहरु भएकाले जोस जाँगर रहेको बताए । नयाँ खेलाडीलाई आफूहरुको अनुभव सिकाउने उनले बताए । उनले लाओससँगको म्याचमा फोकस र एक वर्ष व्यस्त हुने भएकाले लाओससँग जित्नेगरी खेल्ने बताए ।

नेपाल र लाओसबीचको खेलका लागि टिकटदर साधारण पाराफिटतर्फ तीन सय र भिआइपी पाराफिटतर्फ पाँच सय कायम गरिएको छ । खेलको टिकट एन्फा आफैँले बिक्री गर्नेछ । सो प्रतियोगिताका लागि ७३ लाख ६८ हजार चार सय खर्च हुने अनुमान गरिएको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप