आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभा अधिवेशन अन्त्य

मङ्गलबार, २३ असोज २०८०, १९ : २९
मङ्गलबार, २३ असोज २०८०

हेटौंडा । बागमती प्रदेशको चालु अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलबार राती १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् ।

मंगलबार बसेको बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले राती १२ बजेबाट वर्षे अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख शर्माले प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेशसभाको गत जेठ ९ मा आह्वान गरिएको अधिवेशनमा प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को बजेट पास गर्नुका साथै केही विधेयकहरू पारित गरेको छ । उक्त अधिवेशन बैठकमा ३८ वटा बैठकहरु सञ्चालन भएका छन् ।

त्यस्तै उक्त अधिवेशनमा सञ्चालित बैठकले अर्थ सम्बन्धी २ वटा विधेयकसहित ४ वटा विधेयकहरू पारित गरिएको छ । प्रदेशसभाको उक्त बैठकहरुमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक र प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयक लाई पारित गरेको हो ।

उक्त अधिवेशनको बैठकमा ७ वटा विधेयकहरू दर्ता भएका थिए । जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममा रहेका छन् । संसदीय समितिमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा ऐन २०५७ लाई संशोधन गर्न बनेको विधेयक, विज्ञान, प्रविधि, नवप्रवर्तक तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा रहेका छन् ।

संसद् सचिवालयमा एक विवादित विधेयक भने विचाराधीन अवस्थामा रहेको छ । प्रदेश प्रमुख कार्यालयबाट पुनः विचारका लागि फिर्ता भएको विवादित चिठ्ठा विधेयक सचिवालयमा विचाराधीन अवस्थामा रहेको हो ।

अधिवेशन अन्त्य

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप