आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बलात्कार गरी फरार युवक ९ वर्षपछि पक्राउ

मङ्गलबार, २३ असोज २०८०, २० : ०२
मङ्गलबार, २३ असोज २०८०

सिरहा । बलात्कार गरी कयौँ वर्षदेखि फरार रहेका एक युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–१ निवासी २९ वर्षीय मनोज ठाकुरलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०७१ साल असोज २७ गते सिरहा जिल्ला अदालतले ठाकुरलाई जबरजस्ती करणी मुद्दामा ११ कैद सजाय सुनाएको थियो । त्यसयता ठाकुर फरार रहेका थिए ।

उनलाई ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो गोलबजार–४ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप