आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘नागिन’ की अभिनेत्रीकी बहिनीको हमासद्वारा इजरायलमा हत्या

बुधबार, २४ असोज २०८०, १२ : ५०
बुधबार, २४ असोज २०८०

मुम्बई । इजरायल र हमास चरमपन्थीबिच युद्ध जारी रहँदा भारतीय टिभी शो ‘नागिन’ की अभिनेत्री मधुरा नायकले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गरेकी छिन् ।

उनले आफ्नो बहिनी ओडाया र उनका श्रीमानलाई आफ्ना छोराछोरीको अगाडि मारिएको बताए । मधुराकी बहिनी र जेठाजु इजरायलमा बस्थे । अभिनेत्रीले अक्टोबर ७ अगाडी आफ्नो मृत्युको खबर पाएको बताइन् ।

भिडियोमा मधुराले भनिन्, ‘म भारतीय मूलकी यहुदी महिला मधुरा नायक हुँ । भारतमा हामी ३ हजारमात्र बाँकी छौँ। अक्टोबर ७ भन्दा एक दिन हाम्रो परिवारले छोरी र छोरा गुमायो । मेरो कजिन ओडाया र उनको श्रीमानलाई उनीहरूका दुई छोराछोरीको अगाडि निर्ममतापूर्वक मारिएको थियो। म र मेरो परिवारले भोगेको पीडा र भावनालाई शब्दमा व्यक्त गर्न गाह्रो छ।’

मधुराले थप भनिन्, ‘आज इजरायल पीडामा छ । हमासको आगोमा बालबालिका, महिला र वृद्धहरू जलिरहेका छन् । हिजो मैले मेरी बहिनी, उनका श्रीमान् र बच्चाहरूको तस्बिर सेयर गरेँ, ताकि संसारले हाम्रो पीडा देखोस्। 

प्यालेस्टिनीहरूले कसरी प्रचार गरिरहेका छन् भन्ने देखेर म अचम्मित छु। म यहुदी भएकोले लज्जित भएँ। अपमानित र निशाना पनि बनाइयो । म यति मात्र भन्न चाहन्छु कि आत्मरक्षा भनेको आतङ्कवाद होइन । म कुनै पनि तर्फबाट कुनै पनि किसिमको हिंसालाई समर्थन गर्दिनँ भन्ने कुरा फेरि स्पष्ट गरौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप