आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

रिगललाई पुन: जेल चलान गर्न माग गर्दै माइतीघरमा प्रदर्शन, तस्बिरहरू

बुधबार, २४ असोज २०८०, १४ : २०
बुधबार, २४ असोज २०८०

काठमाडौँ । चेतन मानन्धरको हत्या गरेका योगराज ढकाल ‘रिगल’ को कैद सजाय कट्टा गरेको विरोधमा बुधबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधान दिवसको अवसरमा रियलको बाँकी कैद सजाय कट्टा गरेका थिए ।

मानन्धर पत्नी भारती शेर्पा पक्षधर तथा युवा अभियन्ताहरूले दबाब पूर्ण प्रदर्शन  गरेका छन् । राष्ट्रपतिको राजीनामा माग्दै नारा लगाएर उनीहरू माइतीघरदेखि बानेश्वरसम्म शान्तिपूर्ण खबरदारी तथा विरोध र्‍यालीको आयोजना गरेका छन् ।

सर्वोच्च अदालतले राष्ट्रपतिको निर्णयविरुद्ध परेको रिट निवेदनका सम्बन्धमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ । साथै उक्त रिट निवेदनलाई पूर्ण इजलासमा सुनुवाइ हुने गरी पेसी तोक्नसमेत आदेश भएको छ ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिट निवेदकको माग बमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो भन्नेबारे मनासिब कारण भए यही असोज २४ गते साँझ ५ बजेभित्र लिखित जवाफ पेस गर्न पनि राष्ट्रपति कार्यालयका नाममा आदेश गरेको हो ।

rigal protest (1)rigal protest (2)rigal protest (3)rigal protest (4)rigal protest (5)rigal protest (6)rigal protest (7)rigal protest (8)rigal protest (9)rigal protest (10)rigal protest (11)rigal protest (12)rigal protest (13)rigal protest (14)rigal protest (15)rigal protest (16)rigal protest (17)rigal protest (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप