सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

चाडपर्वलाई लक्षित गरी नेपाल–भारत सीमामा डग स्निफिङ टोली परिचालन

बुधबार, २४ असोज २०८०, १४ : ५२
बुधबार, २४ असोज २०८०

झापा । दसैँ–तिहारलाई लक्षित गरेर नेपाल–भारत सीमामा रहेको काकारभिट्टामा तालिम प्राप्त कुकरसहित टोली परिचालन गरिएको छ । इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक दीपक भारतीको टोलीले डग स्निफिङ कार्य सुरु गरेको हो ।

चाडपर्वलाई लक्षित गरी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको ‘सुरक्षा सुनिश्चितता अभियान २०८०’ अन्तर्गत सीमावर्ती क्षेत्रबाट हुन सक्ने लागुऔषध ओसारपसार, विस्फोटक पदार्थ तथा अन्य आपराधिक गतिविधि नियन्त्रणको लागि तालिम प्राप्त कुकुर परिचालन गरिएको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए । हाल २ वटा तालिम प्राप्त कुकुर परिचालित छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप