सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम एमाले उपाध्यक्षमा शाही सर्वसम्मत

बुधबार, २४ असोज २०८०, १६ : ४३
बुधबार, २४ असोज २०८०

काठमाडौँ । नेकपा (एमाले)को सुदूरपश्चिम प्रदेशको उपाध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत निर्वाचित भएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा,  हजारीसिंह साउद र गजेन्द्रबहादुर शाहीले उम्मेदवारी फिर्ता लिएपछि शाही सर्वसम्मत भएको प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिए । 

उनका अनुसार ५ बजेसम्मका लागि सहमतिका लागि समय दिएकाले त्यसभित्र सहमति जुटे मतदान नहुने र नजुटे मतदानमा जाने तयारी छ ।  अहिलेसम्म अध्यक्षका प्रत्याशी बच्चन सिंह र कमल तिमिल्सिनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

उनीहरुले उम्मेदवारी फिर्ता लिएपछि कृष्ण जैसी र भरत साउदबिच सहमतिको प्रयास भइहरेका छ । साउदले आफूले भनेका दुई जनालाई उपसचिव बनाउनुपर्ने सर्त अघि सारेका छन् । उनले नरबहादुर विक र भागीरथी विष्टलाई उपसचिव बनाउनुपर्ने बताएका छन् । सचिवमा पनि दुई जनाको उम्मेदवारी कायमै रहेको छ । रणबहादुर चन्द र रतनराज रेग्मी प्रत्याशी छन् । 

उपसचिवमा भागीरथी विष्ट, चन्द्रकला राना, अशोक चन्द, नरबहादुर विक, रामरत्न जोशी र सुरेन्द्र पाल प्रत्याशी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप