सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आन्दोलनरत विपीका डाक्टरले भेटे प्रधानमन्त्री र स्वास्थ्यमन्त्री

प्रधानमन्त्रीद्वारा माग सम्बोधन गर्ने आश्वासन, स्वास्थ्यमन्त्री अनुदार
बुधबार, २४ असोज २०८०, २१ : २४
बुधबार, २४ असोज २०८०

विराटनगर । वृत्ति विकासको माग गर्दै सामूहिक राजीनामा दिएका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षक डाक्टरहरुले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । भेट सकारात्मक भएको प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले बताए । उनले स्वास्थ्यमन्त्रीसँगको भेट भने सकारात्मक हुन नसकेको बताए । 

‘यो विषयमा हाम्रो प्रधानमन्त्रीज्यूसँग भेट भयो । स्वास्थ्यमन्त्रीसँग पनि भेट गर्यौं । स्वास्थ्यमन्त्रीसँगको छलफल सकारात्मक भएन । प्रधानमन्त्रीसँगको छलफलपछि केही आशावादी भएका छौं,’ खानले भने, ‘अहिलेसम्म ठोस निर्णय दिएको अवस्था छैन । अब शुक्रबारसम्ममा भयो भने भयो भएन भने आइतबारदेखि हामी विपी प्रतिष्ठान जाँदैनौं ।’\

उनले प्रतिष्ठानका १५० जना हाराहारीका शिक्षक डाक्टरहरुले राजीनामा दिएको बताएका छन् । ‘हामी १५० जना हाराहारीले राजीनामा बुझाएका छौं,’ खानले भने, ‘हामीले एक महिना अगाडि अल्टिमेटम दिएका थियौं । शुक्रबारसम्ममा ठोस निर्णय भएन भने हामी काम गर्न सक्षम हुँदैनौं । प्रधानमन्त्रीलाई हामीले रिक्वेस्ट गरेका छौं । शनिबारसम्ममा केही हुन्छ भन्ने आश्वासन दिनुभएको छ ।’ शिक्षक डाक्टर तथा अरु डाक्टर गरेर विपी प्रतिष्ठानमा झण्डै तीनसय जना छन् । 
सामूहिक रुपमा राजीनामा बुझाएका शिक्षकहरुले सात वर्षदेखि बढुवा रोकिएको भन्दै आजै दिउँसो स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई मन्त्रालयमै भेटेर सामूहिक राजीनामापत्र बुझाएका थिए ।

प्रतिष्ठानमा चिकित्सकको धेरै दरबन्दी खाली भएर पनि विगत सात वर्षदेखि बढुवा प्रक्रिया अवरुद्ध भएको र दुई वर्षयता मात्र ५० भन्दा बढी दक्ष चिकित्सकले प्रतिष्ठान छाडेको, विभिन्न विभागमा प्रोफेसर तहका चिकित्सक अभाव भएर प्रतिष्ठानको पठनपाठनमा असर परेको विषय मन्त्री बस्नेतलाई बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप