सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सङ्खुवासभामा डेंगु परीक्षण कीट अभाव

बुधबार, २४ असोज २०८०, २२ : ३४
बुधबार, २४ असोज २०८०


किमाथाङ्का । सङ्खुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । कीट अभावले बिरामीलाई मर्का परेको छ । अस्पतालमा बिरामीको सङ्ख्या भने  बढिरहेकोछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेङ्गु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा तीन दिनदेखि कीट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको हो । कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ । 

सङ्खुवासभामा साउन महिनायता डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गुका बिरामी बढ्दै गएपछि श्ययासमेत अभाव हुन थालेको छ । बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नुपरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप