सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले ठोके फिल्मी भाषणः ‘कथाले नमागेको ग्ल्यामर पस्किए कसिकसाउ लाग्छ’

शुक्रबार, १६ चैत २०७४, १९ : २३
शुक्रबार, १६ चैत २०७४

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली जहाँ पुग्छन् । सो ठाउँमा उनले सम्बृद्धि, स्थाइत्व र सुशानका नारा भाषणमा गुन्जाउने गरेका छन् । तर शुक्रबार राजधानीको भद्रकालीस्थित त्रिभुन आर्मी क्लब आयोजित दोस्रो ‘फ्यान अवार्ड २०७३ मा’ भने ओलीले फिल्मी भाषण ठोके ।

नेपाल चलचित्र कलाकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी ओलीले कला क्षेत्रमा ग्ल्यामरको नाममा भित्रिएको अंग प्रदर्शनतिर लक्षित गर्दै कलाकारले कथाले भागेको भन्दा पनि देश कालले मागेको दिनुपर्ने बताए । उनको यो भनाईले कार्यक्रमस्थल हाँसोले गुन्जायमान भएको थियो ।

दर्शकदिर्घाबाट केही सेलाउँदै गरेको हाँसोमा ओलीले फेरि प्रहार गरे ‘देशले नमागेको कथाले माग्यो र कथाले नमागेको ग्ल्यामरले पस्कियो भने कसिकसाउ लाग्छ ।’ देश, काल र परिस्थिति समेटिएको चलचित्रमा पनि ग्यामर हुने बताउँदै ओलीले यस्ता चलचित्र निर्माण गर्न चलचित्रकर्मीलाई सुझाए ।

विभिन्न उखान टुक्का जोड्दै भाषण दिन माहिर ओलीले कार्यक्रममा कुनै पनि उखान टुक्का नजोडी भने ‘देशले मागेको कथा, कथाले मागेको अभिनय र अभिनयले मागेको ग्ल्यामर चलचित्रमा राख्नुस् ।’ उनले अगाडी थपे ‘कलाकारले मागे अनुसार सरकार आफ्नो गच्छेअनुसार सहयोग गर्न तयार छ । तपाइहरु ढुक्क हुनुहोस् ।’

ओलीको भनाई नसकिदै दर्शक दिर्घाबाट तालीको गडगडाहट् सुनियो । नेपाली भूमि अन्वेषण, अनुसन्धान, सर्जकको जन्म हुने ठाउँ भएको दाबी गर्दै सबैको ध्यान आफुतिर खिचेका ओलीले संगीत, नाट्यकला र साहित्यको नवरस पनि यहीबाट जन्मिएको बताए ।

प्रधानमन्त्री ओलीले दुईबर्ष अगाडी आफु भारत जाँदा भारतीय फिल्मीकर्मीसँग भेटेर सुन्दर चलचित्र सुटिङ गर्ने हो भने नेपाल भन्दा उपयुक्त भूमि कहीँ नभएको जानकारी गराएको स्मरण गरे । ओलीले यही चैत्र २३ गते हुने आफ्नो भारत भ्रमणमा नेपाली सिने क्षेत्रका स्थापित कलाकारलाई पनि सहभागी गराउने घोषणा समेत गरे । उनले भारत भ्रमणका क्रममा आफूले नेपाल फिल्म निर्माणको हव बन्न सक्ने कुरा भारतीय कलाकारहरुलाई जानकारी दिने योजना पनि आफुमा रहेको सुनाए । ओलीको यो योजना सुनेपछि चलचिकर्मीले सिट्टी र तालीले स्वागत गरे ।

करिब १८ मिनेटको भाषण दिएका ओलीले फिल्म निर्माणका लागि नेपाल जत्तिको सुन्दर मुलुक अन्त कहीँ नभएको दावी समेत गरे । उनले नेपाल कलाका लागि प्रकृतिको अनुपम उपहार भएको तर्क गर्दै त्यसमा नरमाउने कलाकार कोही पनि हुन नसक्ने तर्क राखे ।

कार्यक्रममा ओलीले नेपाल विश्वकै ‘फिल्म हर्व’ बन्ने सक्ने दावी गर्दै भारतीय फिल्म उद्योगसँग नेपालमा फिल्म उद्योगको विराट सम्भावनाबारे बृहत छलफल गर्ने घोषणा समेत गरे । कार्यक्रममा ओलीले बरिष्ठ कलाकार मदकृष्ण श्रेष्ठ र हरिबंश आचार्यको कामको तारिफ समेत गर्न भ्याए । उनले महको चलचित्रमा मनोरन्जन मात्र नभएर शिक्षा र सन्देश पनि आफुले पाएको सुनाए ।

कार्यक्रममा ओलीले बरिष्ठ कलाकार निर्देशक नीरविक्रम शाहलाई ‘दिर्घ साधना सम्मान २०७४’, नयाँ पुस्ताका कलाकार अभिनेता प्रदीप खड्का र  साम्राज्ञी राज्यलक्ष्मी शाहलाई बर्ष लोकप्रिय नायक, नायिका र रंग पत्रकार धुर्व लम्साल र लक्ष्मण सुवेदीलाई ‘चलचित्र पत्रकारिता बिशेष सम्मान २०७४’ प्रदान गरे । 
 
  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप