आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
उद्धार

नेपाली विद्यार्थी ल्याउन बिहान ४ बजे इजरायलतर्फ उड्यो वायुसेवा निगमको विमान

बिहीबार, २५ असोज २०८०, ०९ : १७
बिहीबार, २५ असोज २०८०

काठमाडौं । इजरायलमा रहेका नेपाली नागरिक लिनका लागि नेपाल वायुसेवा निगमको विमान त्यसतर्फ प्रस्थान गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नेपाल वायुसेवा निगमको विमान बिहीबार बिहान ४ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।

गत शनिबार प्यालेस्टीनी विद्रोही समूह ‘हमास’ को आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सो घटनापछि सरकारले इजरायलमा रहेका नेपाली विद्यार्थीलाई उनीहरुको माग बमोजिम नेपाल ल्याउने प्रक्रिया अघि बढाएको हो ।

घर फिर्तीका लागि इजरायलस्थित नेपाली दूतावासमा ३५० जनाको विवरण प्राप्त भइसकेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप