प्रदेश
कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेस गर्ने हस्ताक्षरमा ८ सांसदको दोहोरो हस्ताक्षर
बिहीबार, २५ असोज २०८०, १७ : ५१
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री दाबी पेस गर्न तयार गरिएको हस्ताक्षरमा ८ जना सांसदको दोहोराे नाम परेको छ । कांग्रेसका ८ सांसदको दोहोरो नाम परेको हो ।
जसमा कांग्रेसका केदार कार्की, रामकुमार खत्री, शम्शेर राई, इन्दिरा थापा, लिलाकुमारी राई, गोविन्दा गिरी, मानबहादुर लिम्बु र सुनिताकुमारी गुरुङसहित ८ जनाले हस्ताक्षर गरेका छन् ।
मुख्यमन्त्रीमा ४७ सांसदको साथ रहेको दाबीसहित माओवादी केन्द्रका इन्द्र आङ्बोले दाबी पेश गरिसकेका छन् भने कांग्रेसका केदार कार्कीले पनि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्दै छन् ।