आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकपको प्रारम्भिक छनोट खेल

अञ्जनको कीर्तिमानी गोलमा नेपाल र लाओस बराबर

बिहीबार, २५ असोज २०८०, १९ : ३६
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । फिफा विश्वकप फुटबलका लागि प्रारम्भिक चरणको छनोट खेलमा नेपाल र लाओसले बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।  

बाउफाचान बाओनकोङले पहिलो हाफको ३३ औँ मिनेटमा लाओसलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै नेपालले बराबरी गोल फर्कायो । ४८ औँ मिनेटमा अञ्जन विष्टले नेपालका लागि गोल गरे । 

योसँगै उनले अन्तर्राष्ट्रिय फुटबलमा नेपालका लागि सर्वाधिक गोल गर्ने हरि खड्का र निराजन रायमाझको १३ गोलको कीर्तिमान बराबरीसमेत गरेका छन् । अब दोस्रो लेग खेल्न नेपाल लाओस जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप