आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भेप प्रकरणको थुनछेक बहस हेर्दाहेर्दैमा

बिहीबार, २५ असोज २०८०, २१ : १४
बिहीबार, २५ असोज २०८०

काठमाडौँ । इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनाको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौँ जिल्ला अदालतमा दायर गरिएको मुद्दामा राहुल महरा र लोकेन्द्रकुमार पौडेलको थुनछेक बहस बिहीबार नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीश डण्डपाणि शर्माको इजलासमा बिहीबारदेखि थुनछेक बहस शुरु भएको थियो । भेप प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले राहुलसहित ४ जनालाई प्रतिवादी बनाएर संगठित अपराध र भन्सार छलीको मुद्दा दायर गरेको छ । पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल र सर्लाही घर भएका लोकेन्द्र कुमार पौडेल थुनामा छन् । तिब्बत मूलका बेल्जियन नागरिक दावा छिरिङ ६० किलो सुन प्रकरणमा अदालतको आदेशले केन्द्रीय कारागारमा थुनामा छन् ।  काठमाडौँ महानगरपालिका–६ बौद्ध घर भएका निमा गुरुङ भेपमा फरार प्रतिवादी हुन् ।

सरकारी वकिल र राहुलका कानुन व्यवसायीको बहस सकिएपनि लोकेन्द्र पौडेल तर्फका कानुन व्यवसायीको बहस बाँकी रहेको जिल्ला अदालत काठमाडौँले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप