आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
इजरायल घटना

विमानस्थलमा परराष्ट्रमन्त्रीले भने– अन्य जहाज पनि आवश्यकताअनुसार इजरायल पठाइन्छ

शुक्रबार, २६ असोज २०८०, ०३ : ३७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले आज नेपाल एयरलाइन्सको चार्टर उडानमार्फत २५४ जना नेपालीलाई स्वदेश ल्याइएको बताएका छन् । बाँकी अन्य नेपालीहरुलाई स्वदेश ल्याउन पनि आवश्यकताअनुसार इजरायल जहाज पठाउन सकिने मन्त्री साउदले सञ्चारकर्मीलाई बताए । 

उनले मन्त्रिपरिषद्ले नै यसका लागि आवश्यक निर्णय गरिसकेको बताउँदै नियमित र चार्टर उडानमार्फत नेपालीहरुलाई स्वदेश ल्याइने प्रतिबद्धता जनाए । उनका अनुसार नेपाली दूतावासको अनलाइन प्रणालीमा ५५७ जनाले आफ्नो विवरण उपलब्ध गराएका छन् । जसमध्ये ५०३ जनाले नेपाल फर्किन अनुरोध गरेकामा आज २५४ जना स्वदेश फर्किएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप