आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

क्रोएसियामाथि टर्कीको रोमाञ्चक जित

शुक्रबार, २६ असोज २०८०, १० : ०६
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । सन् २०२४ मा आयोजना हुने युरो कप फुटबल प्रतियोगिताको छनोट खेलमा टर्कीले रोमाञ्चक जित हासिल गरेको छ । टर्कीले शुक्रबार विहान सम्पन्न समूह ‘डी’ अन्तर्गतको खेलमा क्रोएसियालाई १—० गोलले हरायो । 

खेलको पहिलो हाफमै गरेको गोल नै टर्कीको जितका लागि पर्याप्त रह्यो । प्रतिस्पर्धात्मक खेलको ३०औँ मिनेटमा टर्कीका लागि बारिस ईल्माजले निणरयक गोल गरेका थिए । खेलको दोस्रो हाफमा भने दुबै टोलीले गोल गर्न सकेनन् । 

समूह ‘डी’ तालिकामा ६ खेल खेल खेलेको टर्की १३ अंकसहित पहिलो स्थानमा छ । पाँच खेल खेलेको क्रोएसिया १० अंकसहित दोस्रो स्थानमा आसिन छ । ६ खेलबाट सात अंक बटुल्दै आर्मेनिया तेस्रो र पाँच खेलबाट सात अंक जोड्दै वेल्स चौथो स्थानमा छन् । ६ खेलबाट तीन अंक जोडेको लात्भिया पाँचौँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप