आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद्

कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सांसद गौतमको माग

शुक्रबार, २६ असोज २०८०, १५ : २७
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले देशलाई दुर्घटनालाई बचाउन कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन माग गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद गौतमले गठबन्धन सरकारले देशको गरेको अपेक्षा अनुसार काम गर्न नसकेको र अहिले व्यवस्था नै अप्ठेरोमा रहेका कारण राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताएका छन् । 

सांसद गौतमले भने,‘सरकारमा काम गर्ने सोच नै छैन । खाली झण्डा हल्लाएर मन्त्रीजीहरु गएर मात्र ने हुन्छ ? अहिले मुलुकमा हामी एकदमै अप्ठेरोमा अवस्थामा पुगिरहेका छौँ । सकुम्बासी समस्या समाधानको खुब ठुल–ठुला गफ गर्‍यौँ । तिमीहरु कोही पनि सुकुम्वासी रहँदैनौँ, तिमीहरु फेरी सुकुम्वासी रहे हामी भोट माग्न आउँदैनौँ भन्यौँ । तर कहाँ छ सुकुम्वासी समस्या समाधान आयोग, कहाँ के काम गरिरहेको छ ? स्थानीय तहलाई आंकडा संकलनको काम दिएँ भनेर उम्किन पाइन्छ ? सुकुम्बासीहरुको बारेमा यो सरकार गम्भीर हुनुपर्दैन ?’

उनले अगाडी भने,‘सुकुम्वासीको काम पनि नगर्ने, विकास पनि नगर्ने, बजार नियन्त्रण पनि नगर्ने, राष्ट्रिय गौरवका आयोजना पनि ध्वस्त पार्ने, खाली यो सत्ताको लुछाचुडीमा भुल्ने हो भने, यो गठबन्धन सरकार हामीले बनाएका हौँ । त्यसमा मेरो र हाम्रो दलको पनि मत छ, तर यही गति र यही मतिले चल्ने हो भने यसले राम्रो परिणाम ल्याउँदैन । नेपाली जनताहरुको अगाडि धेरै विकल्पहरु छैनन् । यस्तै हो भने नेपाली कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरौँ समयमै । संविधान संशोधन गरेर निर्वाचन प्रणालीको बारेमा सोचौँ । संघीयतालाई कसरी व्यवस्थित गर्ने हो त्यो कुरामा ध्यान दिऔँ । खाली खर्च बढाएर मात्र हुँदैन ।’

उनले देश दुर्घटनाको संकेत देखिएको भन्दै सबै राजनीतिक दलहरुलाई बेलैमा बिचार नगर्ने हो भने पछि पश्चातापको बाटो बाहेक अरु केही नरहने बताए । नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकोले कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्नका लागि जोड दिएका छन् । यदि यसो नगर्ने हो सबै परिवर्तन, क्रान्ति खेर जाने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप