आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
अपराध

गैरीगाउँ हत्या प्रकरण : सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान

शुक्रबार, २६ असोज २०८०, १६ : ००
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । गैरीगाउँ हत्या प्रकरणमा अभियुक्त सञ्जय भण्डारी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गत भदौ २९ गते राती तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिलमा ४ जनाको हत्यामा जोडिएका भण्डारीलाई काठमाडौँ जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

 गत भदौ २९ गते साँझ करिब ८ बजेको समयमा तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । 

घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो । 

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दिनबन्धु बरालको इजलासले भण्डारीलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेश दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप