आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गैरआवासीय नेपाली संघको सहकोषाध्यक्ष पदमा कृष्ण तिमल्सेनाको उम्मेदवारी

शुक्रबार, २६ असोज २०८०, ०३ : ००
शुक्रबार, २६ असोज २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहकोषाध्यक्ष पदमा बेलायतलाई कर्मथलो बनाउँदै आएका कृष्ण तिमल्सेनाले पुनः उम्मेदवारी घोषणा गरेका छन् । संघको आर्थिक पारदर्शिताको एजेन्डासहित वर्तमान सहकोषाध्यक्ष उनले दोस्रो कार्यकालका लागि फेरि सोही पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 

 सबल र सफल एनआरएनएका लागि बलियो कोष निर्माणका साथसाथै संघको हिसाब किताब मितव्ययी र पारदर्शी बनाउनका लागि आफूले भूमिका खेल्ने तिम्सेनाको भनाइ छ । 

धादिङको धादिङमा जन्मिएका तिमल्सेनाले गैरआवासीय नेपाली संघसँग सम्बन्धित अग्रज,  समकालीन र ४२२७ महाधिवेशन प्रतिनिधिलाई आफूलाई सहकोषाध्यक्ष पदमा विजयी गराउन आग्रह गरेका छन् । 

सन् २००७ देखि एनआरएनए अभियानमा सक्रिय उनले यसअघि युकेको कार्यसमिति सदस्य, युकेकै उपाध्यक्ष, आइसिसी सदस्य र युरोप उपसंयोजक पदको जिम्मेवारी कुशलतापूर्वक पुरा गरिसकेका छन् । 

उनले आफूलाई विजयी गराएमा सबैको अमूल्य मतको कदर गर्दै इमानदारितापूर्वक आफ्नो जिम्मेवारी पुरा गर्ने बाचा पनि गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप