आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेमन्त कान्छाको ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक

शनिबार, २७ असोज २०८०, ११ : ५१
शनिबार, २७ असोज २०८०

काठमाडौँ । चर्चित गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘आमा तिम्रो तस्बिर दैलैमा’ सार्वजनिक भएको छ । खिमा नन्द खरेलको शब्द तथा सङ्गीत रहेको गीतमा कान्छाकै एरेन्ज रहेको छ ।

गीतको भिडियोमा पनि गायक कान्छा, रमा थपलिया र बाल कलाकार इभान चैसियारको अभिनय छ । भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले पाउने दुःख र सङ्घर्ष देखाउन खोजिएको छ । भिडियो समेत गायक कान्छाले निर्देशन गरेका हुन् । 

भिडियोको पदम सुबेदीको सम्पादन र किरण चौसियारको छायाङ्कन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप