आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिबिफिनद्वारा सार्वजनिक लेखन प्रतियोगिताका विजयी पत्रकारहरूलाई पुरस्कार प्रदान

शनिबार, २७ असोज २०८०, १२ : ०७
शनिबार, २७ असोज २०८०

काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेश इन्ष्टिच्यूटले संयुक्तरुपमा आयोजना सार्वजनिक लेखन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण भएको छ । सिबिफिन र बिजनेश इन्ष्टिच्यूटको संयुक्त आयोजनामा आह्वान गरिएको लेखन पुरस्कार वितरण गरिएको हो ।

कार्यक्रममा सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले विषम अवस्थाबाट गुज्रिरहेको राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि नेपाल सरकारले निजी क्षेत्रलाई प्रोत्साहनसहित थप जिम्मेवारी र भूमिका दिनुपर्ने बताए । मैत्रीपूर्ण नीति र वातावरणमा सेवा–व्यवसाय गर्न र आयआर्जन गर्न पाउनुपर्नेमा उनको विशेष जोड थियो ।

कार्यक्रममा उद्योगमन्त्री रमेश रिजालले उक्त प्रतिवेदनले नेपाल सरकार, मातहतका निकाय र सरोकारवालाहरुलाई सहकार्यसहित अगाडि बढ्न मार्गनिर्देश गरेको बताए । त्यसैगरी उनले आर्थिक जगतका विविध विषयहरूलाई उजागर गर्दै सरोकारवालालाई झकझकाउँदै आएका पत्रकारहरूलाई सम्मान गर्न पाउँदा गर्वित भएको बताए ।

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले देशको वर्तमान आर्थिक अवस्था र आर्थिक एवं औद्योगिक क्रान्तिका लागि चाल्नुपर्ने कदमहरूका विषयमा धारणाहरू राखे । उत्पादनमूलक, निर्यातमूलक, रोजगारमूलक क्षेत्रलाई विशेष प्राथमिकता र प्रोत्साहनसहित उक्त क्षेत्रहरूमा लगानी विस्तार नगरी देश विकास नहुने बताउँदै यसका लागि नेपाल सरकारले उपयुक्त नीति एवं वातावरणसहित निजी क्षेत्रलाई उत्साहित बनाउनुपर्ने औँल्याए । 

‘वर्तमान आर्थिक परिदृश्य र समृद्धिको मार्गचित्र’ विषयमा आयोजित लेख लेखन प्रतियोगितामा उत्कृष्ट १५औँ स्थानभित्र पर्न सफल लेखका सर्जकलाई उद्योगमन्त्रीले पुरस्कार वितरण गरेका थिए । प्रतियोगी पत्रकार गौतम रानाभाट प्रथम, यम विरही द्वतीय, दुर्गाप्रसाद अर्याल तृतीय,  खेम बोलाखे चौथो र नवराज अधिकारी पाँचौँ स्थान हासिल गरेका थिए । उनीहरुले क्रमशः नगद एक लाख, ७५ हजार, ५० हजार, २५ हजार र १५ हजार नगदसहित प्रमाणपत्र पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप