आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोक गायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट

शनिबार, २७ असोज २०८०, १४ : १४
शनिबार, २७ असोज २०८०

काठमाडौंँ । वरिष्ठ लोक गायिका तीर्थ कुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । सहारा ग्रुप पाचौं ‘सगरमाथा म्युजिक अवार्ड २०८०’मा थापालाई नगद १७,६९६ सहित सम्मान गरिएको थियो ।

‘नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान’ भन्ने नाराको साथ शुक्रबार अर्थ नेपाल प्रालिले अवार्ड आयोजना गरेको थियो । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी, वरिष्ठ कलाकार शुसिल पोखरेल, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा लगायतले गायिका थापालाई सम्मान गरेका थिए ।

ज्योती विकास बैंकको प्रस्तुति रहेको कार्यक्रमलाई साहारा ग्रुपले मुख्य प्रायोजन गरेको थियो भने टोखा नगरपालिकाले सहकार्य गरेको थियो । त्यसैगरी वरिष्ठ पत्रकार अनन्त वाग्लेलाई सगरमाथा ‘कला पत्रकारिता रजत सम्मान’ नगद रु. ८८४८ सहित सम्मान गरिएको थियो । कार्यक्रममा सगरमाथा कला पत्रकारिता सम्मान पत्रकार सुकृत नेपाल, सानुकाजी श्रेष्ठ, कमला जोशी, राजु बोहोरा, रधुनाथ सापकोटाले प्राप्त गरे ।

सगरमाथा रेडियो पत्रकारिता सम्मान विजन दुवाडीलाई प्रदान गरिएको थियो । कार्यक्रममा वरिष्ठ संगीतकार राजकुमार बगरलाई सगरमाथा संगीत साधना सम्मान गरिएको थियो । व्यवसायी शम्भु श्रेष्ठलाई सगरमाथा सम्मान प्रदान गरिएको कार्यक्रममा निपेश ढाकालाई सगरमाथा कला सम्मान प्रदान गरियो ।

अवार्ड कार्यक्रममा सगरमाथा कला सम्मानबाट सम्झना बुढाथोकी, मञ्जिता केसी, रमिता भण्डारी, नारायण थापा, नन्दराम परियार, प्रविन भुषाल, प्रतिक्षा काफ्ले, धुर्व हिमाली, नकुल थापा, सुमन परियार, टेकबहादुर बोगटी, कमल अधिकारी, भद्र वलीलगायत सम्मानित भए ।

अवार्ड कार्यक्रममा नेपाली गीत संगीतका चर्चित एंव हस्तीहरुको उपस्थीति रहेको थियो । कार्यक्रमलाई मेगा टिभीले प्रत्यक्ष प्रसारण गरेको थियो ।

क–कसले पाए अवार्ड ? 

१) सर्वोत्कृष्ट राष्ट्रिय भावगायन - कुश्मा महरा ‘प्रगति’ – कहाँ छ स्वर्ग
२) सर्वोत्कृष्ट राष्ट्रिय भावगीतकार - हरिकृष्ण बखुन्छे – पूर्व बग्ने
३) सर्वोत्कृष्ट गायकचलचित्र - बाबुलगिरी – शिरुपाते जुंगामा (छक्का पञ्जा –४)
४) सर्वोत्कृष्ट पप–आधुनिकगायक - विष्णु भट्ट – केशरी
५) सर्वोत्कृष्ट लोक दोहोरी गायक - खुमन अधिकारी – पिरती घाटामा 
९) सर्वोत्कृष्ट लोक दोहोरी गायक(पब्लिकच्याइस) - सरोज लामिछाने – मुसौरी 
७)सर्वोत्कृष्ट लोक पपगायन - रोशनी रसाइली – फुर फुर पुतली
८) सर्वोत्कृष्ट पप–आधुनिक नवप्रतिभा गायन पुरुष- निमा  शेर्पा – भनआज
९)सर्वोत्कृष्ट लोक दोहोरी नवप्रतिभा गायन - नबराज बस्नेत – सम्झिए मन दुख्छ
१० )सर्वोत्कृष्ट पप–आधुनिक युगलगायन - नरेश विविसी÷एलिनाचौहान – राम साइली २
११) सर्वोत्कृष्ट गजलगायन- कन्हैयासिंह परियार – अचानक
१२) सर्वोत्कृष्ट गायिकाचलचित्र- सहिमाश्रेष्ठ –  दर्शन सलाम (छक्का पञ्जा ४)
१३) सर्वोत्कृष्ट पप–आधुनिक गायिका- झुमा निरौला – तिम्रो माया
१४)सर्वोत्कृष्ट लोक दोहोरी गायिका-  रमिला न्यौपाने – पिरती घाटामा 
१५)सर्वोत्कृष्ट गीतकार चलचित्र-  रमेश पौडेल – के बर मागी (परदेशी –२) 
१६) सर्वोत्कृष्ट पप–आधुनिकगीतकार पुरुष - हरिकृष्ण धिताल – बाटो हेर्दा हेर्दै 
१७)सर्वोत्कृष्ट पप–आधुनिकगीतकार पुरुष (जुरी) - भुपेन्द्र बुढाथोकी – मुटु टुट्दा 
१८) सर्वोत्कृष्ट पप–आधुनिकगीतकार महिला - देवी पराजुली – हामी नारी 
१९)सर्वोत्कृष्ट लोक दोहोरी शब्द - अर्जुन थापा मगर – मनमति
२०)सर्वोत्कृष्ट लोक दोहोरी शब्दमहिला - पवित्रा न्यौपाने – किनआको छेउ
२१)सर्वोत्कृष्ट लोक दोहोरी शब्द (जुरी) - सागर रेग्मी – अतिततिम्रो मेरो
२२)सर्वोत्कृष्ट नवगीतकार - आभानिरु – रिक्तिदैन आँशु
२३)सर्वोत्कृष्ट संगीतकार चलचित्र - दीपकशर्मा – दर्शन सलाम (छक्का पञ्जा ४)
२४)सर्वोत्कृष्ट पप संगीतकार - भिम विसी – चश्मालगाउली
२५)सर्वोत्कृष्ट आधुनिक संगीतकार  ः चेतन राई – तिमीधुनबन
२६)सर्वोत्कृष्ट लोक दोहोरी लय - ऋषि खड्का – तिम्रै सम्झनामा
२७)सर्वोत्कृष्ट पप–आधुनिकमोडल महिला - निशाकार्की – सधै यस्तै मिठा कुरा 
२८)सर्वोत्कृष्ट पप–आधुनिकमोडल महिला (जुरी) -  एन्जलश्रेष्ठ – नाता ताड्यौ
२९)सर्वोत्कृष्ट पप–आधुनिकमोडल महिला (पब्लिकच्वाइस) - सनिशा भट्टराई – ए होर माया
३०)सर्वोत्कृष्ट लोक दोहोरी मोडल महिला – एन. जेड सालु – जाममाया सुनौली
३१)सर्वोत्कृष्ट  पप–आधुनिकनवमोडल महिला -  दियाजिसी – चुन्नी (ऐ हावा)
३२)सर्वोत्कृष्ट लोक दोहोरी नवमोडल महिला - कुशुमशर्मा – सकम्बरी
३३)सर्वोत्कृष्ट पप–आधुनिकमोडल पुरुष - आरके परियार – घृणा
३४)सर्वोत्कृष्ट पप–आधुनिकमोडल पुरुष (जुरी) -  सशान्तआर.टि. – दिल रुन्छ जव
३५)सर्वोत्कृष्ट लोक दोहोरी मोडल पुरुष- सागर लम्साल – केहि हुदैन मेरो राजालाई 
३६)सर्वोत्कृष्ट पप–आधुनिकनवमोडल पुरुष- अमितशर्मा – धोकेबाज रैछौं
३७)सर्वोत्कृष्ट पप–आधुनिकनवमोडल पुरुष (जुरी)- अबिमल्ल – चोट माथिचोट
३८)सर्वोत्कृष्ट लोक दोहोरी नवमोडल पुरुष- शंकर चन्द – बाँच्छु किबाच्दिन
३९)सर्वोत्कृष्ट पप–आधुनिकम्युजिक भिडियो निर्देशन- जनक सिंह – जिन्दगीमाहास्नै भुले
४०)सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक- मौसम हिमाली – कहाँको साइनो
४१)सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकारलोक दोहोरी- नवराजउप्रेती – साँइली
४२)सर्वोत्कृष्ट म्युजिक भिडियो छायाँकार पप- अनिल कटवाल – लाशो 
४३)सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादन- अमृत चापागाई – मत मर्छु होला
४४) प्रोत्साहन अवार्ड- सविनाआचार्य – बैंशको गोली
४५)  गायिकाः लक्ष्मी केसी– लागे परदेश
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप