आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

शनिबार, २७ असोज २०८०, २० : १६
शनिबार, २७ असोज २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ ।

सल्यानको शारदा नगरपालिका-४ लामाडाँडा बस्ने देब बहादुर चन्दको रा.१ त २८६२ नम्बरको ट्याक्टरले किचेर उनकै ६ वर्षीय छोरा दिप चन्दको शुक्रबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । घर अगाडि रोकि राखेको उक्त ट्याक्टरमा खेलिरहेको अवस्थामा ट्याक्टर अचानक गुड्न गई टायरमा परेर उनको मृत्यु भएको हो । 

उता धनुषाको बटेश्वर गाउँपालिका-२ स्थित सडकमा ज.१ त ८६७१ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार महोत्तरी भङ्गाहा नगरपालिका-३ सीतापुर बस्ने ३५ वर्षीय पहाडी सदाको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा गम्भीर घाइते भएका १ जनालाई उपचारको लागि न्यूरो अस्पताल जनकपुर पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

यसैगरी संखुवासभाको पाँचखपन नगरपालिका-४ टिमुरे भन्ज्याङमा को.२ त ४३२० नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही ठाउँ बस्ने २० वर्षीय सविन तामाङको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वानामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ  । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप