आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिचान पक्षधरलाई रिहा नगरे अनिश्चितकालीन धनकुटा बन्द गर्ने चेतावनी

शनिबार, २७ असोज २०८०, २० : ३७
शनिबार, २७ असोज २०८०

काठमाडौँ । कोशी प्रदेश खारेजीको माग गर्दै चलिरहेको आन्दोलनका क्रममा पक्राउ परेका पहिचानवादी नेता/कार्यकर्ताहरूलाई बिनाशर्त रिहा गर्न पहिचान पक्षधर संघ,संस्थाहरूले माग गरेका छन् ।

प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघ लगायतका संघसंस्थाहरूले शनिबार प्रेस विज्ञप्ति जारी गरी भोलिसम्म पक्राउ परेका ३ जना पहिचान पक्षधर नेता/कार्यकर्तालाई नछाडेमा धनकुटा बन्द लगायतका आन्दोलनका कार्यक्रम गरिने उल्लेख  गरिएको छ ।

असोज २५ गते झुठा आरोपमा धनुकटाको चौबिसेस्थित घरबाटै पहिचानवादी नेता/कार्यकर्ताहरू मनकुमार याम्फू, बुलन चेम्जोङ लिम्बू र सानु लिम्बुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरीले बिना अभियोग, अदालतको आदेश जा कुनै जानकारी विना नै व्यक्तिगत स्वतन्त्रता, मानवअधिकार र गोपनीयताको अधिकार समेतको उल्लंघन गर्दै घरबाटै अपहरण शैलीमा पक्राउ गरेको उल्लेख गरिएको छ । 

पक्राउ परेका तीनै जनालाई तत्काल छाड्न सोही दिन (असोज २५ गते) नै विज्ञप्तिमार्फत प्रशासनलाई जानकारी गराइएको र संयुक्त संघर्ष समितिले निरन्तर पहल गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । तर हालसम्म रिहाइ नभएको भन्दै असोज २८ गतेसम्म बिनाशर्त नछाडेका असोज २९ गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने उल्लेख गरिएको छ । 

सोहीक्रममा आज संयुक्त संघर्ष समितिले इप्रका राजारानी घेराउ तथा धनकुटा बन्दबारे प्रचारप्रसार गरेको छ । त्यस्तै असोज २८ गते धनकुटामा विरोध कार्यक्रम गरिने, २९ गते सुनसरीको धरान-भेडेटार, बराहक्षेत्र, मोरङको लेटाङ सिंहदेवी हुँदै बुधबारे, पाँचथरको ६ नम्बर बुधबारे-रबि, तेह्रथुम भोजपुरबाट आउने सम्पूर्ण नाका बन्द गर्ने जनाएको छ । त्यस्तै विज्ञप्तिमा रिहाइ नगरेमा असोज ३० गतेदेखि अनिश्चितकालीन धनकुटा बन्द गरिने उल्लेख गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप