आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्ड चुनावको प्रारम्भिक नतिजाले क्रिस्टोफर लक्सन प्रधानमन्त्री बन्ने सङ्केत

शनिबार, २७ असोज २०८०, २१ : ४८
शनिबार, २७ असोज २०८०

एजेन्सी । न्यूजिल्याण्डमा शनिबार आम निर्वाचनको मतदान सकिएको छ । अहिले मतगणना जारी छ । प्रारम्भिक नतिजाहरूले जसिन्डा आर्डनको नेतृत्वमा रहेको उदारवादी सरकारको छ वर्षपछि जनताले कट्टरपन्थी परिवर्तनको पक्षमा रुचि देखाएको देखिएको छ । 

करिब एक चौथाइ मतगणना भइसक्दा पूर्वव्यवसायी क्रिस्टोफर लक्सन मुलुकको अर्को प्रधानमन्त्री तयारीमा रहेका छन् । आफूसँग पूरा सरकार चलाउन ‘पर्याप्त क्षमता’ नभएको भन्दै आर्डर्नले अप्रत्याशितरूपमा गत जनवरीमा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । पछिल्लो निर्वाचन उनले ठूलो मतान्तरले जितेका थिए तर कोभिड–१९ मा लगाइएको प्रतिबन्ध र मुद्रास्फीतिले अर्थतन्त्रलाई खतरामा पारेपछि उनको लोकप्रियता खस्केको थियो । 

उनले राजीनामा दिएपछि ४५ वर्षीय क्रिस हिपकिन्स प्रधानमन्त्री बने । उनी यसअघि शिक्षामन्त्रीको जिम्मेबारीमा रहेका थिए । प्रारम्भिक मतगणनाले लक्सनको नेसनल पार्टीले ४० प्रतिशतभन्दा बढी मत हासिल गरेको देखाएको छ । न्यूजिल्याण्डको समानुपातिक मतदान प्रणालीअनुसार ५३ वर्षीय लक्सनले स्वतन्त्रतावादी एसीटी पार्टीसँग गठबन्धन गरेर सरकार बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच हिपकिन्सको नेतृत्वमा रहेको लेबर पार्टीले २५ प्रतिशतमात्र मत प्राप्त गरेको छ । गत आम निर्वाचनमा आर्डर्नको नेतृत्वमा प्राप्त गरेको अनुपातमा यो करिब आधा मत हो । 

लक्सनले मध्यम आम्दानी गर्नेहरूका लागि कर कटौती गर्ने र अपराधमाथि नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै हिपकिन्सले ३० वर्षभन्दा कम उमेर समूहका लागि निःशुल्क दन्त सेवा तथा फलफूल र तरकारीको विक्रीमाथिको कर हटाउने वाचा गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप