कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको शपथ आज
आइतबार, २८ असोज २०८०, ०८ : ४९
विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
एमालेका ३९ र काँग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीलाई आज प्रदेश प्रमुख पर्शुराम खापुङले शपथ गराउनेछन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । यसअघि असोज २० गते मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि राजीनामा दिएका थिए ।