सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशी प्रदेश : मुख्यमन्त्रीले शपथ लिँदै, आजै राना र राईले मन्त्रीको शपथ लिने

आइतबार, २८ असोज २०८०, १० : २०
आइतबार, २८ असोज २०८०

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ लिँदैछन् ।  शपथ लिएपछि आजै मुख्यमन्त्री कार्कीले एमालेबाट रामबहादुर राना र कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्ने भएका छन् । मन्त्रीले पनि आजै शपथ लिनेछन् ।

कांग्रेसबाट विद्रोह गरेका ८ सांसद र एमालेको ३९ सांसदको समर्थनमा कार्की शनिवार मुख्यमन्त्री नियुक्त भएका थिए ।

शनिबार नै एमालेसँग भएको छलफलमा १र१ जना मन्त्री बनाउने सहमति भएको बताईएको छ । यद्यपि मुख्यमन्त्रीसँग थप छलफल हुने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए । उनले पनि आफ्नो दलको उपनेता राना मन्त्री बन्ने सम्भावना बढी रहेका बताए ।

'यस विषयमा काठमाडौँबाट मुख्यमन्त्री फर्किएपछि थप छलफल हुन्छ,' उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप