आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

न्यूजिल्याण्डमा जसिन्डा आर्डर्नको पार्टी पराजित, दक्षिणपन्थी नेता लक्सन प्रधानमन्त्री बन्ने

आइतबार, २८ असोज २०८०, १२ : ०८
आइतबार, २८ असोज २०८०

अक्ल्याण्ड । न्युजिल्याण्डको आम चुनावमा सेन्टर–राइट नेसनल पार्टीले जित हासिल गरेको छ । विगत ६ वर्षदेखि सत्तामा रहेको लेबर सरकारलाई पराजित गर्दै पार्टीले यो जित सुनिश्चित गरेको हो ।

अब देशको अर्को प्रधानमन्त्री क्रिस्टोफर लक्सन हुनेछन् । लक्सनले आफ्नो पार्टीले सरकार गठनका लागि दक्षिणपन्थी एसीसी पार्टीसँग गठबन्धन गर्ने बताएका छन् । लक्सनले जितपछि भने, ‘हाम्रो सरकारले न्युजिल्यान्डका हरेक नागरिकका लागि काम गर्नेछ । किनभने हामी अर्थतन्त्रलाई पुनर्जीवित गर्नेछौं र कर छुट दिनेछौँ। हामी जीवनयापनको लागत घटाउनेछौँ र कानूनको शासन स्थापना गर्नेछौं। हामी राम्रो स्वास्थ्य सेवा प्रदान गर्नेछौँ । बच्चाहरूलाई शिक्षित गर्नेछौं ताकि तिनीहरूले सपना देखेको जीवन बिताउनको लागि हुर्कन सकून् ।’

यसै वर्षको सुरुमा न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आफ्नो पदबाट राजीनामा दिएकी थिइन् । यसपछि लेबर पार्टीका क्रिस हिपकिन्सलाई देशको कार्यवाहक प्रधानमन्त्री बनाइएको थियो । क्रिस्टोफर त्यतिबेला देशको विपक्षी नेता थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप