आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलो ‘एनडीए डान्स डाइरेक्टर अवार्ड–२०८०’ को मनोनयन कार्यक्रम सम्पन्न

आइतबार, २८ असोज २०८०, १६ : ३१
आइतबार, २८ असोज २०८०

काठमाडौँ । नेपालकै पहिलो नृत्य निर्देशकहरूको अवार्ड ‘पहिलो एनडिए डान्स डाइरेक्टर अवार्ड–२०८०’को उत्कृष्ट मनोनयन कार्यक्रम सम्पन्न भएको छ । नेशनल डाइनामिक आर्ट्स (एनडिए) प्रालिको आयोजनामा ३२ विधामा प्रमाणपत्र वितरण गरिएको थियो । मनोनयन कार्यक्रम काठमाडौँको चाबहिलस्थित ए वान पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथि, जुरी एवं वरिष्ठ चलचित्र निर्देशक कमल राईले नाट्यश्वरको मूर्तिलाई पूजा गरी कार्यक्रमको उद्घाटन गरेका थिए भने एनडीए डान्स स्टुडियोका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

संस्थाका निर्देशक छिरिङ लामाले स्वागत मन्तव्यबाट सुरु गरिएको उक्त कार्यक्रममा दिवङ्गत नृत्य निर्देशकहरुप्रति मौन धारणा गरेका थिए भने संस्थाका सचिव प्रकाश शर्माले खादा द्वारा सम्मान गरिएको थियो। कार्यक्रममा विशेष अतिथिको रूपमा सम्बोधन गर्दै वरिष्ठ चलचित्र निर्देशक कमल राईले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै अवार्डको उत्कृष्ट मनोनयनमा पर्न सफल सम्पूर्ण नोमिनिजहरुलाई शुभकामना एवं बधाई ज्ञापन गरे ।

अवार्ड कार्यक्रमको नोमिनेशनका लागि जुरी टिममा शम्भु शाही, गोविन्द प्रभात र कृष्ण रसाल रहेका छन् भने फाइनलका लागी जुरीमा भुवन दास श्रेष्ठ, कमल राई, आर।सी। कोइराला, रोचक थापा, जोगेन्द्र के।सी। र प्रदीप रमण सिं डङ्गोल रहेका छन् । कार्यक्रम संस्थाका आर्थिक संयोजक चूडामणि फुयाँलले सञ्चालन गरेका थिए । कार्यक्रममा पत्रकार, कलकार,समाजसेवी तथा संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

धिमाल नृत्य निर्देशकको विधामा नरेश घले र हिरा तामाङ, मारुनी नृत्य निर्देशक विधामा ममता राई र आसिश रुम्बा, राई जातीको नृत्य निर्देशक विधामा रितु खड्का, प्रविन भुजेल, कृष्ण राना र नबिना के।सी।, सुनिता महर्जन तामाङ जातीको नृत्य निर्देशक विधामा सरस्वती पोख्रेल, अनिता लामा र निरु फुयाल, नेवारी नृत्य निर्देशक विधामा दिपक बज्राचार्य, रबिन्सन श्रेष्ठ, बबिता गोपाली “तिमिला” र प्रबिन भुजेल, सुनिता महर्जन मनोनयनमा परेका छन् । 

त्यस्तै थारु नृत्य निर्देशक विधामा नारायणी थापा मगर, अष्टमान तामाङ, दिल बहादुर सुनार, प्रबिन भुजेल र अनिल भुजेल, तीज नृत्य निर्देशक विधामा कृष्ण राना, सीता माया श्रेष्ठ र नारायणी थापा मगर, कौडा नृत्य निर्देशक विधामा टेक छिरिङ लामा, सङ्खर बिश्वकर्मा, पर्सन गुरुङ, कौशिका खड्का र अस्मिता पराजुली, शेब्रु नृत्य निर्देशक विधामा निर्जला राई, सङ्खर बिश्वकर्मा र सुनिल गिरि, थकाली नृत्य निर्देशक। विधामा सोनु लामा र सुरज तामाङ झिझिया नृत्य निर्देशक विधामा कृष लिम्बू र नारायणी थापा मगर, हुड्केली नृत्य निर्देशक विधामा लक्ष्मी पुरी गुरुङ र मनु लिम्बू, मेचे नृत्य निर्देशक विधामा लोक चन्द्र श्रेष्ठ (एलसी) र अनिल भुजेल, सर्वोत्कृष्ट नृत्य निर्देशक विधामा दिवस गिरी, जङ्गली बादशाह नृत्य विधामा कृष्ण बहादुर भट्ट, असारे बेठी नृत्य युवराज गुरुङ, झ्याउरे नृत्य समीर संखदेव प्रजापती, मयुर नृत्य, मनाङ गुरुङ( घाटु मा मनोनयनमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप