प्रदेश
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीद्वारा पदभार ग्रहण
आइतबार, २८ असोज २०८०, १८ : ४३
विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आजै पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आजै शपथग्रहण पछि उनले विराटनगरको रोडषेशस्थित मुख्यमन्त्री कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।
यस्तै कार्की नेतृत्वको मन्त्रीपरिषद्को बैठक पनि आजै बसेको छ । बैठकले सहिदप्रति श्रद्धाञ्जली, सरकारको प्रवक्तामा मन्त्री शम्शेर राईलाई तोक्ने निर्णय गरेको छ । यस्तै बैठकले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजश्व चुहावट रोक्ने निर्णय गरेको छ ।