बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानी क्रिकेटरका अगाडि ‘जय श्री राम’ को नारा, के भन्छन् भारतीय नेता ?

आइतबार, २८ असोज २०८०, २२ : ०७
आइतबार, २८ असोज २०८०

नयाँ दिल्ली । डीएमके नेता उदयनिधि स्टालिनले भारत–पाकिस्तान बिचको खेलमा पाकिस्तानी खेलाडीहरुका अगाडि ‘जय श्री राम’को नारा लगाइएको भिडियो शेयर गरेका छन् । यससँगै उनले भारतीय फ्यानहरुप्रति आफ्नो असन्तुष्टि पनि व्यक्त गरेका छन् । 

भिडियोमा पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवान आउट भएपछि प्याभिलियन फर्किएको देखिन्छ । त्यसैगरी पछाडिबाट केही व्यक्तिले ‘जय श्री राम’को नारा लगाएको सुनिन्छ । 

उदयनिधि स्टालिनले सामाजिक सञ्जालमा यो भिडियो पोस्ट गर्दै लेखेका छन्, ‘भारत आफ्नो खेल भावना र आतिथ्य को लागि परिचित छ। तर, अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा पाकिस्तानी खेलाडीहरूलाई दिइएको व्यवहार अस्वीकार्य र नयाँ पतन हो। खेलकुद राष्ट्रहरू बिच एकताको शक्ति बन्नुपर्दछ र साँचो भ्रातृत्व प्रवर्द्धन गर्नुपर्दछ। यसलाई घृणा फैलाउन हतियारको रूपमा प्रयोग गर्नु निन्दनीय छ।’

विश्वकप क्रिकेटमा शनिबार भएको खेलमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । टस जितेर ब्याटिङ गरेको पाकिस्तानले १९१ रन मात्रै बनाउन सक्यो । जवाफमा भारतले ३१ औं ओभरमा तीन विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप