सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपाको खोटाङ जिल्ला समिति पुनर्गठन, अध्यक्षमा खम्बु

सोमबार, २९ असोज २०८०, ०८ : १६
सोमबार, २९ असोज २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको खोटाङ जिल्ला समिति पुनर्गठन भएको छ । दिक्तेलस्थित जिल्ला पार्टी कार्यालयमा भएको भेलाले पिके खम्बुको अध्यक्षतामा ४३ सदस्यीय समिति पुनर्गठन गरेको हो ।

समितिको उपाध्यक्षमा निर्मल राई, नैनबहादुर कटवाल सचिव सुनिल राई, उपसचिवमा वीरेन्द्र दर्नाल, टीकाराम राई र कोषाध्यक्षमा शान्तिकला राई रहेको किरात राष्ट्रिय समितिका मुख्य सचिव प्रशन्न राईले जानकारी दिएका छन् ।

जसपाले संगठन गठन, पुनर्गठन र रुपान्तरणका लागि ३ महिने अभियान सञ्चालन गरेको छ । उक्त अभियान पश्चात पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप