आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड आज कैलाली आउँदै, के छ कार्यतालिका ?

सोमबार, २९ असोज २०८०, ०९ : ००
सोमबार, २९ असोज २०८०

धनगढी । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज कैलाली आउने भएका छन् । धनगढीमा आयोजना हुने समावादी मोर्चाको कार्यक्रममा सहभागिताका साथै यहाँको दुई पालिकाको भवन शिलान्यास तथा उद्घाटनको लागि प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् ।

माओवादी केन्द्रका नेता वीरमान चौधरीका अनुसार प्रधानमन्त्री प्रचण्डको विहान ९ बजे धनगढी पुग्ने कार्यक्रम रहेको छ । उनी धनगढीबाट सिधै लम्की प्रस्थान गर्ने छन् । 

लम्कीमा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धञ्जलि सभामा सहभागी हुने र त्यसपछि घोडाघोडी नगरपालिकास्थित घोडाघोडी बहुमुखी क्याम्पसको भवन गर्ने र त्यसपछि गौरीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि दिउँसो करिब दुई बजे धनगढीमा  आयोजना हुने समाजवादी मोर्चाको सभालाई सम्बबोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप