प्रदेश
कोशी प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइयो
सोमबार, २९ असोज २०८०, ११ : १६
विराटनगर । असोज २० गते स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको छ । प्रदेशसभा सचिवालयले आज एक सूचना जारी गर्दै कात्तिक १ गते बुधवार दिनको ११ बजेका लागि बैठक बस्ने सूचना जारी गरेको हो ।
सोही बैठकमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत लिने सम्भावना छ ।